विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच लाख बराबरको क्षति
सोमबार, २९ मङ्सिर २०८२, ०९ : १२
हेटौँडा । विद्युत् सर्ट भएर मकवानपुरको बकैया गाउँपालिका–९ कुडुलेमा गए राति आगलागी हुँदा करिब रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानीय प्रकाश थिङको घरमा कोही नभएको अवस्थामा विद्युत् सर्ट भई अचानक आगो लाग्दा घरभित्र रहेको भाँडावर्तन, अन्नपात, लत्ताकपडा, फर्निचरका सम्पूर्ण सामान जलेको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएको र प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो निभाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण