खगेन्द्र प्रसाद र रूद्रकली हात्तीकाे बिदाइ
काठमाडौँ । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई आज चितवनबाट बिदाइ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुबै हात्तीलाई आज एक समारोहकाबिच बसोबासस्थलबाट बिदाइ गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
दुवै हात्तीलाई चितवनबाट ट्रकमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याएर त्यहाँबाट आगामी पुस २ गते कतार यएरवेजको चार्टर फ्लाइटबाट सिधैँ कतार लगिने तयारी रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले जानकारी दिए ।
हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र ढुवानी समेतलाई मध्यनजर गरी हात्तीलाई भैरहवाबाट हस्तान्तरण गर्न लागिएको हो । आगामी पुस २ गते बिहान गते भैरहवामा नेपाल सरकारले कतार सरकारलाई औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्ने जनाएको छ । नेपालले अन्य विभिन्न मुलुकलाई गैँडा उपहार दिएको भए पनि हात्ती दिन लागिएको यो पहिलो पटक हो ।
विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले हात्ती कतार पठाउने प्रक्रिया लगभग पूरा भएको जानकारी दिए । उनका अनुसार पठाउन लागेकामध्ये खगेन्द्रप्रसाद भन्ने भाले हात्ती ६ वर्षको र रुद्रकली भन्ने पोथी हात्ती सात वर्षका छन् । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिक केन्द्र खोरसोरमा जन्मेका दुवै हात्ती त्यही हुर्काइएका हुन् ।
विसं २०८१ साल वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका बेला नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने जनाएको थियो । नेपालले साइटिसलगायतका प्रक्रिया पूरा गरी २०८१ साल कात्तिक २ गते मन्त्रिपरिषद्बाट एक जोडी हात्ती उपहारस्वरूप प्रदान गर्ने निर्णय गरेको थियो ।
कतारमा हात्ती हुर्काउनका लागि हात्तीसँगै नेपालले एक जना भेटनरियन प्राविधिक र दुई जना माउतेसमेत एक महिनाका लागि पठाउन लागेको वरिष्ठ इकोलोजिष्ट आचार्यले बताए । उनीहरू एक महिनामा हात्ती हुर्काउने तरिका सिकाएर फर्किनेछन् ।
कतारमा हात्तीको रहनसहन, आहार र हावापानी अनुकूलनका बारेमा नेपालबाट प्राविधिक टोली यसअघि नै पुगेर स्थलगत अध्ययन गरिसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा पन्तले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण