रुकुमको सन्देश बोकेर काठमाडौँसम्मको पैदल यात्रामा रावल
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वउपाध्यक्ष केशव रावलले पैदल यात्रा सुरु गरेका छन् ।
सहिद, बेपत्ताको सपना, घाइते अपाङ्गहरूको भावना र रुकुमेली जनताको सन्देश बोकेर आफूले रुकुम पूर्वबाट काठमाडौँसम्मको पैदल यात्रा तय गरेको उनले बताए ।
एकल यात्रा गरेका रावलले राष्ट्रिय झण्डा, कम्युनिस्ट पार्टीको हँसिया हतौडा अंकित झण्डा र नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारा अङ्कित झन्डा बोकेका छन् । उनका अनुसार माओवादी जनयुद्धको क्रममा रुकुम जिल्लाबाट उच्चतहका पहिलो सहिद भएका कमान्डर दौलतराम घर्ती ‘विजय घले’को बलिदानीको दिन अर्थात् स्मृति दिवसको अवसर पारेर पुस १ गतेदेखि पैदल यात्रा गरेका हुन् ।
साबिक रुकुम जिल्लाको साबिक स्यालापाखा गाविस जनयुद्धमा सबैभन्दा धेरै बलिदानी गर्ने गाविस पर्छ । २०७३ सालमा राज्यपुनर्संरचना भएपछि रुकुम पूर्व र रुकुम पश्चिम बनेको थियो । हाल रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं. ८ स्थिति आफ्नै जन्मस्थलबाट रावलले यात्रा सुरु गरेका छन् । मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौँ आइपुग्न करिब १२ दिन लाग्ने उनले अनुमान गरेका छन् । रुकुमेली जनताको सन्देश र तीनवटै झण्डा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने कार्यक्रम रहेको उनले बताए ।
बुधबार बिहान रावललाई रुकुमकोट कमलतालको छेउमा जिल्ला इन्चार्ज तेज बहादुर वली, भ्युमान घर्ती, जिल्ला संयोजक कुमारी बराल, भुबनेश्वर गौतम र सहिद परिवारबाट औपचारिक रूपमा राष्ट्रिय झण्डा, कम्युनिस्ट पार्टीको झण्डा, नेपाली कम्युनिस्ट पार्टी चुनाव चिन्ह तारा अङ्कित झन्डा प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवलपुरमा हावाहुरीको वितण्डा: विनयी त्रिवेणीमा २० भन्दा बढी घरको छाना उडायो
-
सर्लाहीमा प्रहरीमाथि आक्रमण : पूर्वप्रदेश सांसदलाई खोज्दै प्रहरी
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
-
प्रधानमन्त्रीको पत्र परराष्ट्रमन्त्रीले पढ्ने विपक्षीको प्रस्ताव रास्वपाले मानेन
-
मोबाइल फोन हेर्दा मोतीबिन्दु हुन्छ ?
-
पूर्वपत्नी जेसियासँगको डिभोर्सबारे अर्जुन रामपालको भावुक खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण