शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रविलाई रिहा गर्ने निर्णय विधिको शासन र राजनीतिक उपयुक्तताको हिसाबले स्वागतयोग्य : डा भट्टराई

शुक्रबार, ०४ पुस २०८२, ०७ : २७
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • डा. बाबुराम भट्टराईले रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने निर्णयलाई स्वागतयोग्य भने।
  • भट्टराईका अनुसार यसले लामिछानेलाई निष्ठा प्रमाणित गर्ने बाटो खोलेको छ।
  • उनले सबैलाई अनुमान र षड्यन्त्रको पछि नलाग्न आग्रह गरे।

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्ने गरी मुद्दा अघि बढाउन गरिएको निर्णय विधिको शासन र राजनीतिक उपयुक्तता दुवै हिसाबले स्वागतयोग्य रहेको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'यसले वहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबिच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी पीडितहरूले पनि आफ्नो गहिरो पीडाको सम्बोधन कानुनी रूपबाटै प्राप्त गर्ने मार्ग प्रशस्त गरेको छ।'

यस प्रकरणमा उडन्ते अनुमानबाजी र षड्यन्त्रको सिद्धान्तको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् । उनले भने– 'बहुदलीय लोकतन्त्र भनेको दलहरू र व्यक्तिहरू बिच स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्यको फ्युजन हो भन्ने नभुलौँ। प्रतिस्पर्धा गर्दा दुस्मन जस्तो गर्ने र सहकार्य गर्दा आफ्ना फरक फरक वैचारिक-राजनीतिक आस्था र प्रतिबद्धता बिर्सने गल्ती नगरौँ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप