आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘बिग बोस’ प्रतियोगी मालतीको आरोप : पितासमान निर्देशकले दुर्व्यवहार गरे

शुक्रबार, ०४ पुस २०८२, १३ : ०१
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • बिग बोस १९ की प्रतियोगी मालती चाहरले कास्टिङ काउचको नमिठो अनुभव सुनाइन्।
  • उनले साउथका निर्माता र निर्देशकबाट दुर्व्यवहारको अनुभव समेत शेयर गरिन्।
  • एक वृद्ध निर्देशकले चुम्बनको प्रयास गरेको घटना सुनाउँदै उनले मानसिक चोट परेको बताइन्।

काठमाडौँ । ‘बिग बोस १९’की प्रतियोगी मालती चाहरले हालै एक पडकास्टमार्फत फिल्म उद्योगको अँध्यारो पक्ष बाहिर ल्याएकी छन् । सिद्धार्थ कननको पडकास्टमा पुगेकी उनले आफ्नो बाल्यकाल, परिवार र स्ट्रगलका दिनहरूका साथै ‘कास्टिङ काउच’को नमिठो अनुभव समेत शेयर गरेकी हुन् । 

उक्त कुराकानीमा उनले दक्षिण भारतीय फिल्म उद्योग (साउथ)का निर्माता निर्देशकबाट आफू माथि दुर्व्यवहार भएको घटना समेत खोलेकी छन् । उक्त घटना स्मरण गर्दै भनिन्, ‘मलाई सम्झना छ, एक पटक मैले साउथका एक निकै ठुला निर्माता र निर्देशकसँग भेटेकी थिएँ । फिल्मको कथा सुन्ने काम सकिएपछि म त्यहाँबाट निस्किएँ । तर पछि मलाई निर्देशकको मेसेज आयो कि निर्माताले मलाई छुट्टै भेट्न चाहनुहुन्छ ।’

मालतीले अगाडि भनिन्, ‘उनीहरूले मलाई होटलको कोठा नम्बर दिए । मैले कोठामा किन भेट्ने भनेर सोधेपछि निर्देशकले मलाई फोन गरेर भने, ‘मालती बुझ्ने कोसिस गर, उद्योगमा यस्तै चल्छ ।’ उनले आफुले प्रतिवाद गरेपछि उनीहरूसँग कहिल्यै भेट नभएको बताइन् । 

मालतीले अर्को एउटा अझै भयानक अनुभव पनि साझा गरिन् । एक नाम चलेका र पाको उमेरका निर्देशकले आफूमाथि दुर्व्यवहार गरेको उनले बताइन् । ‘एक पटक मिटिङ सकिएर निस्कने बेला मैले उनलाई आदरपूर्वक साइडबाट अङ्कमाल गरेकी थिएँ, तर उनले मलाई चुम्बन गर्ने कोसिस गरे । यो घटना उनको अफिसमै भएको थियो’ उनले भनिन् । ती निर्देशक निकै वृद्ध भएको समेत उनले खुलाइन् । 

‘मैले उनलाई आफ्नो बुवा समान मानेकी थिएँ । त्यो घटनाले मलाई ठुलो मानसिक चोट पुर्‍यायो’, उनले अगाडि भनिन् ‘यति धेरै उमेर भएको व्यक्तिले यस्तो घटिया व्यवहार गर्ला भनेर मैले सपनामा पनि सोचेकी थिइनँ । त्यसपछि मैले उनीसँग कहिल्यै सम्पर्क राखिनँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप