सिराहामा ब्राउन सुगरसहित ४ जना युवक पक्राउ
सारांश
- सिराहा प्रहरीले ब्राउन सुगरसहित ४ जना युवकलाई नियन्त्रणमा लिएको छ।
- प्रहरीले धनगढी र लहानबाट २२ ग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो।
- पक्राउ परेका व्यक्तिहरूमा दाङ र सिन्धुलीका व्यक्तिहरू छन्, र थप अनुसन्धान भइरहेको छ।
सिराहा । सिराहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २२ ग्राम ब्राउन सुगरसहित ४ जना युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शुक्रबार अपराह्न धनगढी माई नपा ८ कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम र लहान २३ बाट १६ ग्राम ५ मिलिग्राम लागु पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले कसहा–वसन्तपुर भित्री सडक अन्तर्गत धनगढीमाई नगरपालिका ८ कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित दाङ घर भएका २९ वर्षीय देवराज वली र सिन्धुली कमलामाई नगरपालिका ६ रातामाटाका ३४ वर्षीय सुशील अधिकारीलाई पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोस्ट कसहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले शङ्का लागि ज.१ ह ३९३० नम्बरको अटोमा सवार उनीहरूलाई जाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी,लहान २३ गढिया चोकबाट स्थानीय ३६ वर्षीय विजयकुमार साह र ३१ वर्षीय सुरेन्द्रकुमार दासलाई १६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित बिहीबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त सूचना अधिकारी ओमप्रकाश पण्डितले जानकारी दिए।
विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण