पशुचौपायामाथि भालुको आक्रमण
आइतबार, ०६ पुस २०८२, १५ : ००
ताप्लेजुङ । फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरेको छ । फुङलिङ-९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चार वटा खसी र एउटा भेँडा भालुको आक्रमणबाट मरेका जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेँडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेका हुन् । पछिल्ला केही दिनदेखि विभिन्न स्थानमा भालु देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।
भालुले अलैँचीको टुसासमेत खाएर बगानमा पनि क्षति पुर्याएको स्थानीय ताइवान मादेनले बताउनुभयो । अलैँची बगानमा सिँचाइ गर्न र घाँसदाउरा गर्नसमेत त्रास सृजना हुन थालेको उनकाे भनाइ छ ।
भालु नियन्त्रणका लागि वडा कार्यालयले वन कार्यालयसँग समन्वय गरिरहेको वडाध्यक्ष लक्ष्मण गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुमकुम भाग्य’ की अभिनेत्री सञ्चिताद्वारा आत्महत्या, बुबाले मागे न्याय
-
९ वटा घर खाली गर्ने प्रक्रिया सुरु
-
ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो
-
इरानसँग वार्ताको दोस्रो चरण पहिलो भन्दा सजिलो हुन्छः ट्रम्प
-
विवादास्पद इसारामा भीएआर रेफ्रीलाई फिफाद्वारा सफाइ
-
पाकिस्तानका लागि इतिहास रच्दै यी इराकी खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण