नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल पौष ७ गतेको बार, तिथि, नक्षत्र, योग, र करणसहितको विवरण प्रस्तुत गरिएको छ।
- मेषदेखि मीन राशिसम्मका लागि राशिफल प्रस्तुत गरिएको छ, जसमा विभिन्न क्षेत्रमा हुने सम्भावित फलहरूको जानकारी दिइएको छ।
- शुभ कार्यका लागि अमृत बेला र लाभ बेलाको समयलाई ध्यान दिन र राहुकालमा कुनै शुभ कार्य नगर्न सुझाव दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल पौष ७ गते । सोमबार । इस्वी सन् २०२५ डिसेम्बर २२ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–द्वितीया, ७ घडी २७ पला, बिहान ९ बजेर ५१ मिनेट उप्रान्त । नक्षत्र–उत्तराषाढा, ५५ घडी १३ पला, रातको ४ बजेर ५८ मिनेट उप्रान्त श्रवण । योग–ध्रुव, २५ घडी २२ पला, बेलुकी ५ बजेर ११ मिनेट उप्रान्त व्याघात । करण–कौलव, बिहान ९ बजेर ५१ मिनेट उप्रान्त तैतिल, बेलुकी १० बजेर २० मिनेट उप्रान्त गर । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–धनु , बिहान ९ बजेर ५४ मिनेट मकर ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १२ मिनेट । दिनमान २५घडी ५० पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ५२ मिनेटसम्म अमृत बेला ।
- बिहान ६ बजेर ५३ मिनेटदेखि बिहान ८ बजेर १० मिनेटसम्म काल बेला ।
- बिहान ८ बजेर ११ मिनेटदेखि बिहान ९ बजेर २७ मिनेटसम्म शुभ बेला ।
- बिहान ९ बजेर २८ मिनेटदेखि बिहान १० बजेर ४५ मिनेटसम्म रोग बेला ।
- बिहान १० बजेर ४६ मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो १२ बजेर ३ मिनेटदेखि दिउँसो १ बजेर २० मिनेटसम्म चर बेला ।
- दिउँसो १ बजेर २१ मिनेटदेखि दिउँसो २ बजेर ३७ मिनेटसम्म लाभ बेला ।
- दिउँसो २ बजेर ३८ मिनेटदेखि बेलुकी ३ बजेर ५५ मिनेटसम्म अमृत बेला ।
- दिउँसो ३ बजेर ५६ मिनेटदेखि बेलुकी ६ बजेर ५५ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ८ बजेर ९ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर १६ मिनेटदेखि बिहान ६ बजेर ४ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत सङ्गीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । बिहानको समयमा मन्दिर वा धार्मिक प्रतिष्ठान तिरको यात्रा हुनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समाज तथा समुदायको हितमा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोजीमूलक क्षेत्रमा लगानी बढाउँदा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । पढाइ लेखाइ कै सन्दर्भमा लामो दुरीको यात्रा हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरी अरूको सेवा गर्ने अवसर जुर्नेछ । बिहानको समय मध्यम रहेकोले यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय राम्रो रहेकोले आफन्त तथा दिदी बहिनीहरूबाट सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । नसोचेको धन प्राप्त हुने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । तपाईँको बोलीको प्रभाव बढ्ने हुनाले राम्रा काम गरी नाम कमाउन सकिनेछ । वित्तीय बजारमा आज गरिने लगानीबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार वा शेयर बजारमा लगानी गरी धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायमा गरिएको लगानी फस्टाएर जानेछ । व्यापार कै सिलसिलामा छोटो दुरीको यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसाय तथा शेयर बजारबाट प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरू पुरा गर्न सकिनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विद्या तथा प्रतिस्पर्धामा सहपाठीहरूलाई पछि पार्दे पुरस्कार तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय फस्टाएर जानेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने मन परेका मानिसबाट उपहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुँदा मन प्रसन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ । बिहानको समयमा आफन्तबाट टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमूलक काममा यात्रा हुनेछ । माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा पशुपालन पेसा व्यवसाय गर्नेहरूका लागी समयले साथ दिनेछ । राजनीतिकर्मीका लागी आजको दिन उत्तम रहेको छ ।
- वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग, शेयर बजार तथा व्यापारको लगानीबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजमा प्रशंसकहरू बढ्नेछन् भने मेहनतले सम्मानित स्थान दिलाउनेछ । स्रोत साधन जुट्नाले व्यापार तथा शेयर बजारमा लगानी बढाउन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । पढाइ लेखाइमा मन जानेछ । काम वा अध्ययनको लागी लामो दुरीको यात्राको योग रहेको छ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । भौतिक सम्पत्तिको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने वस्त्र तथा अलङकार उपहार पाइनेछ । बिहानको समयमा नीति संगत काम नगर्दा दण्ड वा जरिवाना हुन सक्छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेसा व्यवसाय स्वतः स्फूर्त रूपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ । पढाइ लेखाइमा अलि बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागी दिन प्रभावकारी रहनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पैतृक धन तथा सम्पत्तिको प्रयाग तथा परिचालन मार्फत मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी हुनेहरूका लागी कारोबारमा सुधार हुनेछ । विद्यार्थीहरूका लागी समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रसन्न रहनेछ । यात्रा, बैठक, गोष्ठी तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण