मोदीको बायोपिक ‘माँ वन्दे’ को सुटिङ सुरु
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र 'माँ वन्दे' को छायाङ्कन सुरु भएको छ।
- चलचित्रमा अभिनेता उन्नी मुकुन्दनले मोदीको भूमिका निर्वाह गर्नेछन्, उनले यसअघि धेरै सफल चलचित्रमा अभिनय गरिसकेका छन्।
- यो चलचित्र क्रान्ति कुमार सीएचको निर्देशनमा वीर रेड्डी एमले निर्माण गर्दैछन्, जसले मोदीको राजनीतिक यात्रा देखाउनेछ।
मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र 'माँ वन्दे' को छायाङ्कन शनिबारदेखि सुरु भएको छ।
चलचित्रका निर्माताहरूले आधिकारिक एक्स (ट्विटर) ह्यान्डलमार्फत सुटिङ सुरु हुनुअघि गरिएको विशेष पूजाका झलकहरू सार्वजनिक गर्दै यसको जानकारी दिएका हुन्। यो चलचित्रले देशको भाग्य बदल्ने एक व्यक्तिको असाधारण कथा भन्ने निर्माण पक्षले जनाएको छ।
यस बायोपिकमा मलयालम चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता उन्नी मुकुन्दनले प्रधानमन्त्री मोदीको भूमिका निर्वाह गर्दैछन्। 'मार्को' र 'मलिकप्पुरम' जस्ता चर्चित चलचित्रमा अभिनय गरिसकेका मुकुन्दनको जन्म केरलमा भए पनि उनले आफ्नो बाल्यकाल र विद्यालय तहको शिक्षा गुजरातको अहमदाबादमा बिताएका थिए। त्यसैले पनि उनलाई मोदीको भूमिकाका लागि सुहाउँदो पात्र मानिएको छ।
क्रान्ति कुमार सीएचको निर्देशनमा तयार भइरहेको यस चलचित्रलाई वीर रेड्डी एमले 'सिल्भर कास्ट क्रिएसन'को ब्यानरमा निर्माण गर्दैछन्। गत सेप्टेम्बरमा मोदीको जन्मदिनको अवसर पारेर घोषणा गरिएको यो चलचित्रले उनको राजनीतिक यात्रा र जीवनका विभिन्न पाटाहरूलाई समेट्ने बताइएको छ।
सन् २०११ मा तमिल चलचित्रबाट करिअर सुरु गरेका मुकुन्दनले यसअघि धेरै सफल दक्षिण भारतीय चलचित्रहरूमा आफ्नो अभिनयको जादु देखाइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण