महोत्तरी– ४ बाट प्रचण्डसहित दुई जना उम्मेदवार सिफारिस
मङ्गलबार, ०८ पुस २०८२, २० : ४५
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस भएका छन् ।
मंगलबार बसेको क्षेत्रीय समिति बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रचण्ड र मधेस प्रदेश संसदीय दलको नेता भरत प्रसाद साहको नाम केन्द्रमा सिफारिस गरेको हो ।
वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन गरी जनअपेक्षाको भावनालाई पूरा गर्न सक्ने उम्मेदवारका रूपमा उनीहरूलाई सिफारिस गरिएको बताइएको छ ।
यस्तै समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ अरविन्द दास(दलित),महफुज आलम(मुस्लिम),सिता देवी साह(अल्पसंख्यक महिला),नगीना देवी यादव(महिला) र अनिल पाण्डेय (मधेसी खस आर्य) को नाम सिफारिस गरिएको हो ।
_CkdPqXyNdg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ११ जिल्लाका साना नदीमा आकस्मिक बाढीको खतरा
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेल पेनाल्टी सुटआउटमा
-
वर्षाद् सुरु सुनासाथ बाढीको त्रासमा रात कटाउन विवश छन् धाप्लाङघाटवासी
-
सानेपाको हरियालीले बढायो सहरी सौन्दर्य (तस्बिरहरू)
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको अतिरिक्त समयको पहिलो हाफ पनि बराबरी
-
घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण