आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

डल्लु पुगेर प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी

बुधबार, ०९ पुस २०८२, १० : ३४
बुधबार, ०९ पुस २०८२

सारांश

  • प्रचण्ड र माधव नेपालले नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिए।
  • उनीहरुले डल्लुस्थित निवासमा पुगी चित्रकारको स्वास्थ्यलाभको कामना गरे।
  • खनालले चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताए।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न उनीहरू आज बिहान डल्लुस्थित निवासमा पुगेका हुन् । सो क्रममा उनीहरुले चित्रकारको पूर्ण स्वास्थ्यलाभको कामना गरेका थिए । 

चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप