भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
बिहीबार, १० पुस २०८२, १० : ०९
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको छ ।
सो क्षेत्रस्थित राजमार्ग माथिको कुलोमा क्षति हुँदा आज विहान पहिरो खस्दा १० मिटर सडकखण्ड पुरिएर अवरुद्ध भएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरीचौकी मेवाखा, ताप्लेजुङबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने पहल गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनाको पुँजीगत खर्च दयनीय, यो वर्ष पनि सरकारलाई असारे विकासकै भर
-
अमेरिका–इरान सम्झौताले युद्ध रोक्ने आशा बढायो, कार्यान्वयनबारे अझै अन्योल
-
सिरहाबाट २८ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा
-
१० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४७ अर्ब ६१ करोड, जेठमा २ अर्ब २९ करोड
-
डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु
-
विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज देखेनः सांसद महर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण