ओस्कारको दौडमा रहेको भारतीय फिल्म ‘होमबाउन्ड’ माथि चोरीको आरोप
सारांश
- भारतीय फिल्म 'होमबाउन्ड' माथि साहित्यिक चोरीको आरोप लागेको छ, जसले ओस्कारको चर्चामा धक्का पुर्याएको छ।
- लेखिका पूजा चङ्गोइवालाले करण जोहरको धर्मा प्रोडक्सन्स र नेटफ्लिक्स इन्डिया विरुद्ध मुद्दा दायर गरेकी छिन्।
- लेखिकाले फिल्मले पुस्तकका दृश्य, संवाद र कथावस्तु हुबहु सारेको आरोप लगाएकी छिन्, र क्षतिपूर्तिको माग गरेकी छिन्।
मुम्बई । भारतको तर्फबाट ओस्कारका लागि दावेदार मानिएको फिल्म ‘होमबाउन्ड’ माथि साहित्यिक चोरीको गम्भीर आरोप लागेको छ । लेखिका तथा पत्रकार पूजा चङ्गोइवालाले करण जोहरको धर्मा प्रोडक्सन्स र नेटफ्लिक्स इन्डिया विरुद्ध सन् २०२१ मा प्रकाशित आफ्नो पुस्तक ‘होमबाउन्ड’ बाट सामग्री चोरी गरेको भन्दै कानुनी मुद्दा दायर गरेकी हुन्।
यो विवादले ओस्कारको उत्कृष्ट १५ मा छनोट भइसकेको फिल्मको चर्चा र साखमा ठूलो धक्का पुर्याएको छ । लेखिका पूजाका अनुसार फिल्मको शीर्षक मात्र नभई यसका दृश्य, संवाद, कथाको संरचना र घटनाक्रमहरू समेत उनको पुस्तकबाट हुबहु सारिएको छ । पुस्तक र फिल्म दुवै कोभिड–१९ को महामारीका बेला मजदुरहरूले भोग्नुपरेको पलायनको पीडादायी कथामा आधारित छन् ।
उनले गत अक्टोबर १५ मा निर्माताहरूलाई कानुनी नोटिस पठाएको भए पनि उनीहरूले त्यसलाई बेवास्ता गरेको दाबी गरेकी छन्। आफ्नो पुस्तक सार्वजनिक भएको एक वर्षपछि अर्थात् सन् २०२२ मा मात्र फिल्मको स्क्रिप्ट तयार पारिएकाले यसलाई संयोग मात्र मान्न नसकिने उनको तर्क छ।
पूजा अहिले बम्बई उच्च अदालतमा मुद्दा दायर गर्ने तयारीमा छिन्। उनले फिल्मको वितरणमा रोक लगाउनुपर्ने, चोरी गरिएका सामग्री हटाउनुपर्ने, शीर्षक परिवर्तन गर्नुपर्ने र उचित क्षतिपूर्ति पाउनुपर्ने माग राखेकी छन्।
अर्कोतर्फ धर्मा प्रोडक्सन्सले यो मामलालाई कानुनी च्यानलमार्फत सम्बोधन गरिरहेको बताएको छ। नीरज घायवानद्वारा निर्देशित यस फिल्ममा ईशान खट्टर, विशाल जेठवा र जान्हवी कपुर मुख्य भूमिकामा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण