मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

गोरखा– १ बाट प्रचण्डको नाम सिफारिस

बिहीबार, १० पुस २०८२, २० : १२
बिहीबार, १० पुस २०८२

पोखरा । नेपाली कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा १ बाट संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटीको बिहीबार बसेको बैठकले प्रचण्ड सहित ५ जनाको नाम क्षेत्र नम्बर १ बाट सिफारिस गरेको हो ।

हरिराज अधिकारी, जगन्नाथ खनाल, शोभा लामिछाने र सागर श्रेष्ठको नाम सिफारिस गरिएको केन्द्रीय सदस्य अमर तमुले जानकारी दिए ।

क्षेत्र नम्बर २ बाट पनि ५ जनाकै नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठ, लेखनाथ न्यौपाने, हितराज पाण्डे, सानुमाया बस्नेत र अनिष अर्यालको नाम सिफारिस गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप