‘स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ’
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशका राजनीतिक दलहरूले आफ्नो स्वार्थ त्यागेर देश र जनताको लागि काम गर्नुपर्ने बताएका छन् ।
नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिले शुक्रबार नगरकोटमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले पार्टी कार्यकर्ताहरूले मनबाटै सेवा गर्ने वाचा गरी अगाडि बढ्नुपर्ने बताए ।
उनले देखावटी, बनावटी र प्रचारमुखी राजनीतिभित्र स्वार्थ लुक्ने टिप्पणी गर्दै देशका आम युवाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषयमा गहन जानकारी राख्दै देशका लागि जुट्नुपर्ने आवश्यकता बताए।
नेमकिपा अध्यक्ष बिजुक्छेँले नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी जस्ता मुख्यधारका दलहरूले देश र जनताको हितलाई उच्च प्राथमिकता राखेर अगाडि बढ्नुपर्ने बताउँदै नयाँ पुस्तालाई प्रयोग गरेर देश विरुद्ध लाग्ने तत्व सक्रिय हुन सक्नेतर्फ सबै चनाखो हुनुपर्ने बताए ।
उनले देशका विभिन्न स्थानमा सक्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) हरूले साम्राज्यवादलाई बलियो बनाउने कार्य गरिरहेको आरोप लगाउँदै यस्ता संस्था निषेध गर्नुपर्ने बताए।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले सचिव सुवालले नेपाली राजनीतिक इतिहासबारे जानकारी गराउँदै विदेशी हस्तक्षेप विरुद्ध स्पष्ट दृष्टिकोण बनाएर देश र जनताको हित सुरक्षित गर्न सबै दल लाग्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : चितवनका तीन सांसद पदाधिकारीमा निर्वाचित
-
अब्बल अफ्रिकाः १० मध्ये नौ टोली विश्वकपको अन्तिम ३२मा
-
प्रतिगमन गरेर हैरान छ, लोकतान्त्रिक र वामपन्थी मिलेर पराजित गर्नुपर्छ : केपी ओली
-
प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित
-
कोशी प्रदेशलाई निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण