सिन्धुलीबाट प्रचण्डसहित नेकपाका उम्मेदवार सिफारिस
शुक्रबार, ११ पुस २०८२, २१ : ११
सिन्धुली । निकै चर्चामा रहेको सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।
पार्टीको कार्यदलका एक सदस्यका अनुसार क्षेत्र नम्बर २ बाट प्रचण्डसहित पार्टीका नेताहरू हरिबोल गजुरेल, महेश्वर दाहाल र पानीराजको नाम पनि प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।
त्यस्तै समावेशी प्रतिनिधित्वअन्तर्गत महिलाको कोटाबाट अनिता कुमारी राईको नाम सिफारिस गरिएको छ भने ‘जेनजी’ प्रतिनिधित्वका लागि सुमन राना मगरको नाम प्रत्यक्षतर्फ अघि सारिएको छ ।
यसैगरी सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवारका लागि निवर्तमान सांसद राजन दाहालसँगै जानुका तिमल्सिना, चित्रबहादुर लुङ्गेली, डिकेन्द्र सुवेदी र विजय खड्काको नाम सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ११ जिल्लाका साना नदीमा आकस्मिक बाढीको खतरा
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेल पेनाल्टी सुटआउटमा
-
वर्षाद् सुरु सुनासाथ बाढीको त्रासमा रात कटाउन विवश छन् धाप्लाङघाटवासी
-
सानेपाको हरियालीले बढायो सहरी सौन्दर्य (तस्बिरहरू)
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको अतिरिक्त समयको पहिलो हाफ पनि बराबरी
-
घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण