शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

यमन सीमा नजिकै साउदी समर्थित करिब १५ हजार लडाकु तैनाथ

शुक्रबार, ११ पुस २०८२, २३ : २५
शुक्रबार, ११ पुस २०८२

सारांश

  • गत महिना पृथकतावादीले धेरै भूभाग कब्जा गरेपछि १५ हजार लडाकु सीमा क्षेत्रमा जम्मा भएका छन्।
  • हुथी समूहविरूद्ध आक्रमण गर्न आदेश नदिइएको बताइएको छ।
  • युएई समर्थित समूहले कब्जा गरेको क्षेत्रको नजिकै लडाकु तैनाथ गरिएको छ।

दुबई । गत महिना पृथकतावादीहरूले धेरै भूभाग कब्जा गरेपछि साउदी समर्थित लगभग १५,००० यमनी लडाकुहरू साउदी अरबको सीमामा रहेको रणनीतिक क्षेत्रहरूमा जम्मा भएका यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारका एक सैन्य अधिकारीले शुक्रबार एएफपीलाई बताएका छन् ।

उनीहरूलाई यमनी हुथी समूहविरुद्ध आक्रमण गर्न बढ्न आदेश भने नदिइएको उनले बताए ।

उनीहरूलाई तैनाथ गरिएको ती सबै क्षेत्रहरू युएई समर्थित ‘साउदर्न ट्रान्जिसनल काउन्सिल’ पृथकतावादी समूहले हालैका हप्ताहरूमा कब्जा गरेको क्षेत्रको नजिकै रहेका बताइएको छ ।

नाम नबताउने सर्तमा ती अधिकारीले भने, “हामीले दुई प्रान्ततर्फ जान सैन्य निर्देशन पाएका छैनौँ तर निर्देशनको पर्खाइमा रहेका छौँ ।”

यमनमा लामो समयसम्म सरकारी सेना र यमनी हुथी विद्रोहीबिच गृहयुद्ध भएको थियो भने यमनी सरकारलाई सहयोगकालागि साउदी अरबको नेतृत्वमा गठबन्धन सेनाले सघाएको थियो भने विगत केही समयदेखि यमनी शान्तिका लागि युद्धविरामको घोषणा भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप