प्रगतिशील लोकतान्त्रिक पार्टीको लुम्बिनी प्रदेश प्रथम भेला दाङमा
दाङ । प्रगतिशील लोकतान्त्रिक पार्टी लुम्बिनी प्रदेशको प्रथम एकता भेला तथा बैठक शनिबार दाङको देउखुरीमा सम्पन्न भएको छ ।
बैठकले ५ सदस्यीय अध्यक्ष परिषदसहित १५१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । अध्यक्ष परिषदमा यज्ञ पोखरेल, पंकज राई, बुद्ध सुनार, नारायण नागिला र इन्दिरा पुरीलाई चयन गरेको छ भने प्रदेश कार्यालयको मुख्यसचिवमा टोप ब कार्की चयन भएका छन्, पार्टीको प्रवक्तामा वीरेन्द्र हरिजन रहेका छन् ।
एकता बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लाका इन्चार्ज, जिल्ला प्रमुख र सचिव पनि मनोनित गरेको छ । त्यसैगरी प्रदेशका २६ वटै निर्वाचन क्षेत्रका संयोजक पनि चयन भएका छन् ।
बैठकले पुस ३० गतेसम्म १२ वटै जिल्लाको भेला गठन गरिसक्ने र माघ ३० गतेसम्म सबै पालिका भेला र सदस्यता वितरण गरिसक्ने निर्णय गरेको छ । त्यसैगरि आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बन्दसूची र प्रत्यक्षतर्फको उम्मेदवारका विषयमा समेत छलफल गरेको छ ।
पार्टीका केन्द्रीय संगठन विभाग प्रमुख जगप्रसाद शर्मा, केन्द्रीय योजना विभाग पमुख वामदेव क्षत्री, लुम्बिनी प्रदेश इन्जार्च नारायणी शर्मा र केन्द्रीय सदस्य तिलकराम शर्मालगायत नेताहरूले सम्बोधन गरेका थिए ।
प्रदेश पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बुद्ध सुनारले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण