यातायात कार्यालय बालाजुद्वारा शिलबन्दी प्रस्तावका बाँकी प्रक्रिया स्थगन
काठमाडौँ । काठमाडौँको बालाजुस्थित यातायात व्यवस्था कार्यालयले शिलबन्दी प्रस्ताव आह्वानसम्बन्धी प्रक्रियाका बाँकी चरणहरू अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको छ । वाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालय मातहत रहेको यस कार्यालयले आइतबार एक सूचना जारी गर्दै विभागीय मन्त्रीको निर्देशनअनुसार यो निर्णय गरिएको जनाएको हो।
कार्यालयका अनुसार आइतबार दिउँसो १ बजेसम्म भएका शिलबन्दी प्रस्ताव फाराम दर्ताको कार्यलाई यथावत् राखिएको छ । तर, सो समयपछिका प्रचलित ऐन र कानूनबमोजिमका सूचनाका अन्य बाँकी चरणहरू भने मन्त्रीज्यूको स्थगन आदेश प्राप्त भएकाले हाललाई रोकिएको सूचनामा उल्लेख छ ।
यसअघि कार्यालयले गत मङ्सिर २६ गते शिलबन्दी प्रस्ताव आह्वानको सूचना प्रकाशित गरेको थियो । सोही सूचनाका आधारमा पुस ११ गतेसम्म प्रस्ताव फाराम बिक्री गर्ने कार्य सम्पन्न भई केही फारामहरू दर्तासमेत भइसकेका थिए ।
स्थगन गरिएका प्रक्रियाहरू कहिलेदेखि पुनः सुचारु हुने भन्नेबारे कार्यालयले अर्को सूचनामार्फत जानकारी गराउने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारमा अवैध असुली प्रकरण : थप ३ जना पक्राउ
-
रोयल इनफिल्डद्वारा ‘रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सम्पन्न, कृषि, संस्कृति र राइडिङ समुदायको अनौठो संगम
-
नेताहरू हिँडेपछि संसदको अग्रपंक्तिमा बुर्लाकोटी एक्लै
-
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
-
आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी
-
बालेन सरकारको विकल्पका लागि कम्युनिस्ट एकता जरुरी भयो : वक्ताहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण