माघमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुने
चितवन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र चितवन उद्योग सङ्घको संयुक्त आयोजनामा आगामी माघ २५ गतेदेखि अन्तर्राष्ट्रिय डेरी एक्स्पो, २०८२ आयोजना हुने भएको छ ।
सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार डेरी उत्पादन, प्रक्रिया र वितरण प्रणालीका नवीनतम प्रविधि तथा अभ्यासलाई प्रोत्साहन गर्न, किसान, उद्योगी र व्यापारीलाई एकै ठाउँमा ल्याउन एक्स्पो गर्न लागिएको हो ।
सङ्घले गतवर्ष पनि डेरी एक्स्पो आयोजना गरेको थियो । अध्यक्ष बगालेका अनुसार एक्स्पोमा भारतीय व्यवसायीहरुको पनि सहभागिता रहनेछ । गत वर्षको एक्स्पोपछि चितवनमा पहिलेको तुलनामा हाल १५ हजार लिटरभन्दा बढी अर्थात् दैनिक एक लाख ६५ हजार लिटर दूध खपत हुँदै आएको छ ।
जिल्लामा हाल ११५ वटा सहकारीबाट दैनिक तीन लाख ५० हजार लिटर दूध सङ्कलन हुँदै आएको छ । दुग्धजन्य उत्पादनमध्ये कच्चा दूध र नौनीको जिल्लामा खपत बढेको सङ्घको भनाइ छ ।
एक्स्पोले दुग्धजन्य उत्पादनको विविधीकरणमा सहयोग पुगेको सङ्घको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
-
मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण