बर्दियाबाट वामदेव गौतमसहित नेकपाका ६ जना सिफारिस
बुटवल । नेकपा (नेपाली कम्युनिस्ट पार्टी) ले बर्दियाको निर्वाचन क्षेत्र नम्बर १ बाट वामदेव गौतमसहित ६ जनाको नाम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
पार्टीले जिल्लाको क्षेत्र नम्बर १ बाट पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतम, पूर्व गृहमन्त्री शक्ति बस्नेत, अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय उपाध्यक्ष रेशम अधिकारी, तथा नेताहरू सन्तबहादुर थारु, इन्दिरा सुवेदी र बालकृष्ण खनालको नाम सिफारिस गरेको छ ।
यसैगरी पार्टीले बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ नेताहरू दुर्गाबहादुर थारु, लोकराज जैसी, सुरेश पन्त, चिन्तामणि आचार्य, बमबहादुर रावल र सञ्जय थारूसहित ६ जनाको नाम सिफारिस गरेको छ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बर्दियाबाट बुद्धिबहादुर अधिकारी, बैजनाथ झा, भुवनकुमार थारू, अमर कामी, अतिक अहमत सिद्धिकी र राजेन्द्र सिंह लामिछानेको नाम सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण