शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पाल्पा २ बाट पाण्डेसहित नेकपाबाट ७ जना उम्मेदवार सिफारिस

आइतबार, १३ पुस २०८२, २१ : ३०
आइतबार, १३ पुस २०८२

पाल्पा । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पाल्पाले क्षेत्र नम्बर २ का लागि सात जनाको नाम सिफारिस गरेको छ ।

सिफारिस हुनेहरूमा सोमप्रसाद पाण्डे, यादव बहादुर रायमाझी, नेत्र प्रसाद पाण्डे, डेमलाल घिमिरे (अनिल किशोर), पुरन खड्का, राजेन्द्र  बहादुर बिक, तुलसा राना रहेका रहेका छन् ।

पाण्डे ५२ सालदेखि निरन्तर सोही निर्वाचन क्षेत्रमा चुनाव लड्दै आएका र उद्योग मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका व्यक्ति हुन् । खड्का विद्यार्थी राजनीतिबाट राजनीतिमा आएका ४० वर्षमुनिका युवा हुन् ।उनले त्रिभुवन विश्वविद्यालयवाट समाजशात्रमा एमए र एलएलबी गरेका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष भइसकेका खड्का पार्टीको केन्द्रीय सदस्यसमेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप