नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन
सारांश
- नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा सात अर्ब ६५ करोडभन्दा बढी राजस्व संकलन गरेको छ।
- कार्यालयले मासिक लक्ष्य हासिल गर्न नसकेको र अघिल्लो आवको तुलनामा आयात बढेको छ।
- चालु आवमा ३० अर्बभन्दा बढीको मालसामान आयात भएको छ भने निर्यातमा पनि वृद्धि भएको छ।
बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो पाँच महिनामा रु सात अर्ब ६५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
चालु आवको पाँच महिनामा रुसात अर्ब ६५ करोड १९ लाख ९० हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार नेपालगन्ज भन्सारले चालु आवको हालसम्म कुनै पनि महिनामा निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन । चालु आवको साउनमा रुएक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत रुएक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा रुएक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत रु एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व सङ्कलन भएको छ ।
त्यसैगरी, असोजमा रु एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा ८७.८३ प्रतिशत रुएक अर्ब ७४ करोड १६ लाख ५ हजार, कात्तिकमा रुदुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा ७२.३० प्रतिशत रुएक अर्ब ५३ करोड ७० लाख ८२ हजार र मङ्सिरमा रु एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा ८३.४५ प्रतिशत रु एक अर्ब ६३ करोड ८५ लाख १० हजार राजस्व सङ्कलन भएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आव २०८१÷८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत र मङ्सिरमा ७६.२७ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।
नेपालगन्ज नाका हुँदै चालु आवको पाँच महिनामा रु ३० अर्बभन्दा बढीको मालसामान आयात भएको छ। चालु आव २०८२÷८३ को मङ्सिर मसान्तसम्म रु३० अर्ब ६६ करोड ८९ लाख ९० हजारबराबरको वस्तु तथा सामान आयात भएको हो ।
गत आव २०८१÷८२ को सोही अवधिमा रु २९ अर्ब आठ करोड ४५ लाख ४४ हजारबराबरको मालसामान आयात भएको थियो। नेपालगन्ज भन्सार कार्यालयबाट चालु आवको पाँच महिनामा रुएक अर्ब एक करोड ६३ लाख ८९ हजारबराबरको मालसामान निर्यात भएको छ। अघिल्लो आवको सोही अवधिमा रु ८८ करोड ६८ लाख ८२ हजारबराबरको मालसामान निर्यात भएको थियो।
चालु आवको पाँच महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट कुल रु३१ अर्ब ६८ करोड ५३ लाख ७९ हजारबराबरको कारोबार भएको छ। अघिल्लो आवको सोही अवधिमा रु२९ अर्ब ९७ करोड १४ लाख २६ हजारबराबरको कारोबार भएको थियो।कार्यालयबाट हुने व्यापार घाटा अघिल्लो आव र चालु आवको पाँच महिनामा उस्तै रहेको छ। अघिल्लो आवको पाँच महिनामा व्यापार घाटा ९७ प्रतिशत रहेकामा चालु आवमा व्यापार घाटा ९६.६८ रहेकोसूचना अधिकारी खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण