मलाई चितवनले माया देखाएको छ, यतैबाट चुनाव लड्छु : रवि लामिछाने
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव चितवनबाटै लड्ने घोषणा गरेका छन् ।
पोखरामा बुधबार पत्रकारहरूसँग बोल्दै उनले चितवनले आफूप्रति धेरै माया देखाएकोले सोही क्षेत्रबाट चुनाव लड्ने बताएका हुन् ।
‘चितवन छोड्ने कुरा सोच्न मिल्छ ? त्यो कसरी मिल्छ होला ? त्यस्तो सोच्न मिल्छ र ? जान्न त्यहाँ भन्न मिल्छ र ?,’ उनले भने । चितवनबाटै निलो क्रान्तिको उद्गम भएकोले चितवनलाई नछोड्ने उनले बताए ।
‘मलाई चितवनले जुन माया देखाएको छ, चितवनले जुन गुण लगाएको छ, यो परिवर्तनको, यो निलो क्रान्तिको चैँ नि एउटा उद्गम स्थल र एउटा परीक्षण केन्द्र मानेका छौँ,’ उनले भने । लामिछाने सोही क्षेत्रबाट लगातार २ पटक निर्वाचित भएका थिए ।
उनले देशको आवश्यकता अनुसार बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । ‘सबैलाई एक ठाउँमा उभ्याएपछि परिवर्तन गर्न सक्ने तहको मत ल्याउँछ भन्ने लागेको छ । सङ्ख्या त म भन्न सक्दिनँ,’ उनी भन्छन्, ‘अधिकांश कुराहरू सम्बोधन गर्न सक्ने हिम्मत प्राप्त गर्छौँ । अरू त नागरिकको हातमा छोडौँ ।’
शासकीय स्वरूपबारे पनि बहस सुरु भैसकेको उनले बताए । सङ्घीयता र लोकतान्त्रिक व्यवस्था रहने उनको सङ्केत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण