प्रतिनिधिसभा निर्वाचन : एमाले म्याग्दीबाट प्रकाश पौडेलसहित पाँच जना सिफारिस
शुक्रबार, १८ पुस २०८२, १९ : ३२
म्याग्दी । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले प्रतिनिधिसभा निर्वाचनका लागि युवा नेता प्रकाश पौडेलसहित पाँच जनाको नाम सिफारिस गरेको छ ।
अनेरास्ववियुको अध्यक्षमा पराजित पौडेलको नाम आसन्न चुनावका लागि सिफारिस भएको हो । म्याग्दीमा पौडेलले लोकप्रिय युवा नेताको छवि बनाएका छन् ।
आज सम्पन्न जिल्ला कमिटी बैठक म्याग्दीले उक्त निर्णय गरेको हो । पौडेल बाहेक एमाले केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठ, एमाले म्याग्दी जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) केन्द्रीय सचिव बलादेवी राई, अखिल नेपाल महिला सङ्घकी जिल्ला उपाध्यक्ष पशुपती शाहीलाई छनौट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण