आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
साप्ताहिक राशिफल

कस्तो रहलाई तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

आइतबार, २० पुस २०८२, ०२ : ५८
आइतबार, २० पुस २०८२

सारांश

  • साप्ताहिक राशिफल अनुसार, मेष राशिका लागि आर्थिक अवस्था सुदृढ हुनेछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ।
  • बृष राशिका व्यक्तिहरूले व्यवसायमा लगानी गर्दा राम्रो आम्दानी गर्न सक्नेछन् र धार्मिक यात्राको सम्भावना रहेको छ।
  • मिथुन राशिका लागि व्यावसायिक र मनोरञ्जनात्मक यात्राको योग छ भने शेयर बजारमा लगानी गर्दा फाइदा हुनेछ।

पौष २० गते आइतबारदेखि २६ गते शनिबारसम्मको साप्ताहिक राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवारजनको सहयोगले महत्त्वपूर्ण कामहरू बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । सन्तान प्राप्तिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । पारिवारिक माहौलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूभन्दा निकै नै अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ । राजनीतिक भेटघाट तथा बैठकमा समय व्यातित हुनेछ । व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ ।
  • बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको समय राम्रो रहेकोले चुनौतीहरूलाई किनारा लगाउँदै कामहरू बनाउन सकिनेछ । व्यवसाय, उद्योग तथा शेयर बजारमा सुझबुझका साथ लगानी गरी आम्दानी बढाउन सकिनेछ । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईँको काम समयमा गरिदिने हुनाले समय र रुपैयाँ पैसाको बचत हुनेछ । आटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । अध्ययनमा समय दिई आफ्नो विद्यालाई निखार्ने सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुनेछन् । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी मनलाई एकाग्र बनाउन सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
  •  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइमा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ । धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ । शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा आम्दानी बढाउन सकिनेछ । तर पनि सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आर्थिक पक्ष बलियो रहने हुनाले जीवनशैली बिलासी रहनेछ ।  नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउँदै अगि बढ्न सकिनेछ । तर पनि खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने ग्रहयोग रहेको छ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार, उद्योग तथा शेयर बजारको लगानीबाट आम्दानी बढाउन सकिनेछ । नोकरीमा समय खर्चिनेहरूका लागी समय राम्रो रहेको छ भने कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुँदा तपाईँलाई विश्वास गरी थप कार्यभार सुम्पनेछन् । महंंगा तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ । अदालत वा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा फैसला हुनेछन् । यात्राको प्रबल सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने उपहार प्राप्तिको योग रहेको छ । इमानदारिता तथा लगानशीलताले पक्ष पहिल्याउन सहज हुनेछ । साताको अन्ततिरको समय मध्यम रहेकोले खानपानमा ध्यान दिनुहोला । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
  • कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहनेछ । भौतिक बस्तु तथा सवारी साधन प्राप्तिको योग रहेको छ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । वैदेशिक रोजगारीले जीवन स्तर सुधार्न मद्दत गर्नेछ । व्यापार उद्योग तथा शेयर बजारमा लगानी बढाएर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने यात्राको अवसर जुर्नेछ । बिलासी सामानको प्रयोग मार्फत अरूको मन लोभ्याउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको वैदेशिक यात्रा हुनेछ । तापनि मौसमी रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्नीहरूमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउँदा ख्याल गर्नुहोला, चोटपटक तथा दुर्घटना हुने योग रहेको छ । कुनै पनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेको छ भने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउने छैनन् ।
  • बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ । उद्योग तथा शेयर बजारमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । छोटो, रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ । तर पनि कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय राम्रो रहेकोले व्यापार फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्यम बाट धेरै कामहरू गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धित व्यवसायबाट लाभ लिन सकिनेछ । पर्यटन, यात्रा तथा मनोरञ्जनात्मक क्षेत्रबाट आम्दानी बढाउन सकिनेछ । सवारी साधनको खरिद बिक्रीबाट धन कमाउन सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा कल्याणकारी कामबाट समाजमा नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । तर पनि स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्ने बानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ । व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । तर पनि सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरूको भरपर्दा काम नबन्ने तथा चिताएको काममा विलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउनाले व्यवहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ । व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । प्राकृतिक स्रोत साधन तथा पैतृक धनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप