'ब्लु बस' बन्द भएको छैन : रास्वपा चितवन
सारांश
- रास्वपा चितवनले क्षेत्र नम्बर २ मा सञ्चालनमा रहेको 'ब्लु बस' सेवा बन्द नभएको जनाएको छ।
- 'ब्लु बस' मर्मतका लागि केही दिन रोकिएको र दुई दिनभित्रै पुनः सञ्चालनमा आउने सभापतिले बताए।
- रवि लामिछानेले निर्वाचन क्षेत्रका महिलाहरूलाई निःशुल्क यातायात सेवा दिन यो बस सञ्चालनमा ल्याएका थिए।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले क्षेत्र नम्बर २ मा सञ्चालनमा रहेको 'ब्लु बस' सेवा बन्द नभएको बताएको छ । रास्वपा चितवनका सभापति कृष्ण प्रसाद भुसालले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै 'ब्लु बस' सेवा बन्द नभई मर्मतका लागि केही दिन रोकिएको स्पष्ट पारे ।
मर्मत कार्य सम्पन्न गरी आगामी दुई दिनभित्रै बस पुनः सञ्चालनमा ल्याइने उनले बताएका छन् । विज्ञप्तिमा भनिएको छ, 'रास्वपा सभापति प्रतिनिधि सभा निर्वाचन २०७९ मा अत्यधिक मत ल्याएर निर्वाचित भए सँगै विशेष गरी महिलाहरूका लागि सञ्चालनमा ल्याइएको ब्लु बस केही दिनदेखि मर्मत सम्भारको लागि राखिएको थियो र अब एक दुई दिनमा नै मर्मत पश्चात् पुनः सञ्चालनमा ल्याइने ब्यहोराको जानकारी सम्पूर्णमा गर्न चाहन्छौँ ।'
सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरूलाई सहज र निःशुल्क यातायात सेवा प्रदान गर्ने उद्देश्यले यो बस सञ्चालनमा ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डिजिटल सर्भिस ट्याक्स’ विवाद: युरोपबाट आउने सामानमा शतप्रतिशत कर लगाउने ट्रम्पको उद्घोष
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
-
को–को भिड्दैछन् नकआउट चरणमा ? कसको सम्भावना कति ?
-
ठुला टोलीलाई ‘अन्डरडग’को झट्का : स्पेनदेखि इंग्ल्याण्डसम्म कसरी फसे रणनीतिक जालमा?
-
चितवन राइनोजको आयोजनामा ‘राइनोज रन’ सम्पन्न
-
गुल्मीका किसानलाई गाई स्याहार भत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण