स्की रिसोर्ट बारमा आगलागी : म्यानेजरहरूमाथि फौजदारी मुद्दा चलाइँदै
सारांश
- स्वीट्जरल्यान्डको स्की रिसोर्ट बारमा आगलागी हुँदा ४० जनाको मृत्यु र ११० जना घाइते भए, सरकारी वकिलले मुद्दा चलाउने।
- आगलागी फ्रान्सेली जोडीको लापरबाहीका कारण भएको आशङ्का गरिएको छ, जसमा ८ जना स्वीस नागरिकको मृत्यु भयो।
- अनुसन्धानले बारमा श्याम्पेन स्पार्कलरका कारण आगलागी भएको देखाएको छ, किशोरकिशोरी माझ लोकप्रिय बारमा घटना भयो।
काठमाडौँ । नयाँ वर्षको पहिलो दिन स्की रिसोर्ट बारमा ४० जनाको मृत्यु र ११० जना घाइते हुनेगरी भएको आगलागीको घटनामा स्वीट्जरल्यान्डका सरकारी वकिलहरूले बारका म्यानेजरहरूमाथि फौजदारी मुद्दा चलाउने भएका छन् ।
सञ्चार माध्यममा ज्याक्स र जेसिका मोरेट्टी बताइएका फ्रान्सेली जोडीको लापरबाहीका कारण सो आगलागी भएको र त्यति धेरै मानिसको मृत्यु भएको आशङ्का गरिएको अभियोजक कार्यालयले बताएको छ ।
सो घटनामा मर्नेमध्ये ८ जना स्वीस नागरिक थिए । घटनामा मरेका आठ स्वीस नागरिकको नाम अधिकारीहरूले सार्वजनिक गरेका छैनन् । उनीहरूको उमेर १६ देखि २४ वर्षबिच रहेको बताइएको छ । क्रान्स–मोन्टानामा रहेको ले कन्स्टेलेशन बारमा श्याम्पेन स्पार्कलरका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
बारमा राखिएको एकोस्टिक फोम आगलागीको कारण हो कि भनेर खोजबिन भइरहेको भलेस्थित अभियोजक कार्यालयका प्रमुख अभियोजक बिट्रिस पिलउडले एउटा विज्ञप्तिमा भनेका छन् । मर्ने र बेपत्ता भइरहेकामा कयौँ किशोर किशोरी छन् । १६ वर्षभन्दा माथिकालाई मादक पदार्थ पिउने अनुमति भएकोले ले कन्स्टेलेशन खासगरी किशोर किशोरी माझ बढी लोकप्रिय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण