रुपन्देही–२ बाट विष्णु पौडेलकाे नाम एकल सिफारिस
आइतबार, २० पुस २०८२, १३ : १९
सारांश
- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही- २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका छन्।
- पूर्वअर्थमन्त्री पौडेलको नाम एकल रूपमा सिफारिस भएको एमाले रुपन्देहीका अध्यक्षले बताए।
- पौडेलले २०६४ सालदेखि रुपन्देही- २ बाट लगातार चुनाव जित्दै आएका छन्।
बुटवल । रुपन्देही– २ बाट नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम सिफारिस भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उपाध्यक्ष पौडेलको नाम एकल रूपमा सिफारिस भएको हो ।
पूर्वअर्थमन्त्री पौडेलको नाम एकल रूपमा सिफारिस भएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले रातोपाटीलाई बताए । उनले भने– ‘जिल्लाका अन्य क्षेत्रबाट पनि सिफारिसका लागि बैठक र छलफल चलिरहेका छन् तर क्षेत्र नम्बर– २ बाट पौडलको नाम एकल सिफारिस भएको छ। अन्य क्षेत्र पनि अब बिस्तारै आउँछ।’
रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र रहेका छन् । पौडेलले रुपन्देही–२ बाट २०६४ सालदेखि निरन्तर जित्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कश्मीरको हिंसात्मक झडपमा मर्नेहरूको संख्या ३० नाघ्यो
-
२१ वर्षपछि बंगलादेशसँग अस्ट्रेलियाको ऐतिहासिक हार
-
अध्यागमन नीतिको मारमा विश्वकप: ट्रम्पसामु लाचार फिफा
-
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण
-
कैलालीमा युवकको कुटपिट गरी हत्या, दुई जना पक्राउ
-
झापामा नक्कली प्रहरी बनेर लुटपाट गर्ने दुई जना लागुऔषधसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण