रुपन्देहीका अध्यक्षसहित ३३ जनाले छाडे रञ्जिताको साथ, रास्वपा प्रवेश गर्ने
सारांश
- नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका ३३ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।
- जिल्ला अध्यक्ष तुलसी थारुले नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै राजीनामा दिएका हुन्।
- राजीनामा दिएका नेताहरू भोलि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारीमा छन्।
रुपन्देही । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीमा ठूलो पहिरो गएको छ। पार्टीको नेतृत्व तहको कार्यशैली र निर्णय प्रक्रियाप्रति गम्भीर असहमति जनाउँदै जिल्ला अध्यक्ष तुलसी थारुसहित ३३ जना नेता–कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन्।
अध्यक्ष थारुले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र जनताको चाहना विपरीत काम गरेकाले नैतिकताका आधारमा पार्टीमा बसिरहनु उपयुक्त नभएको निष्कर्ष निकाल्दै राजीनामा दिएको बताएका छन्। सामूहिक राजीनामा दिनेहरूमा जिल्ला अध्यक्ष थारुसहित वरिष्ठ उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्यहरू महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगुरिया, केशव चौधरी र प्रदेश सदस्य माधव चौधरी लगायतका मुख्य नेताहरू रहेका छन्।
राजीनामा दिएका सबै नेताहरू लक्ष्मण थारुले नेतृत्व गरेको थरुहट संघर्ष समितिसहित भोलि सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना हुने विशेष कार्यक्रममार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारीमा छन्।

_sZMU0WrDzf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण