युक्रेनले पुटिनको आवासमा ड्रोन आक्रमण गरेको प्रमाण छैन : ट्रम्प
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आवासलाई लक्षित गरी ड्रोन आक्रमण नगरेको अमेरिकी अधिकारीहरूको निष्कर्ष रहेको बताएका छन् । यसअघि क्रेमलिनले युक्रेनले पुटिनको आवास नजिक ड्रोन आक्रमण गरेको दाबी गरेका थिए ।
ट्रम्पका अनुसार पुटिनको आवास नजिक कुनै घटना भएको हुनसक्छ, तर सो आवास नै लक्षित गरिएको प्रमाण अमेरिकी पक्षले फेला पारेको छैन । उनले आवश्यक जाँचपछि यस्तो निष्कर्षमा पुगेको बताए ।
यो आरोप युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबिच युद्ध अन्त्यका लागि प्रस्तावित २० बुँदे योजनाबारे वार्ता भएको लगत्तै आएको थियो । जेलेन्स्कीले सुरुबाटै सो आरोप अस्वीकार गरेका थिए । युरोपेली अधिकारीहरूले पनि उक्त दाबी शान्ति प्रयासलाई कमजोर पार्ने रुसी प्रयास भएको बताएका छन् ।
ट्रम्पले युक्रेन युद्ध छिटो अन्त्य गर्ने प्रतिवद्धता जनाउँदै आएका छन् तर रुसी पक्षले आफ्ना मुख्य उद्देश्य पूरा नभएसम्म वार्तामा रुचि नदेखाएको सङ्केत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण