कविता : पासपोर्ट छ नेपालको
साह्रै नै उत्कृष्ट सपना देखे हजुर, देश विकास भएको
उज्यालो हुँदा बिलाई गयो, त्यो रातमा आएको,
बस्नु र गर्नु छ यही देशमा,
विकल्प छैन हाम्रो,पासपोर्ट छ नेपालको,
"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी" भन्ने मूल मन्त्र सम्पूर्ण नेपालीको,
कृतिम बस्तुहरू केही छैन धेरै नेपालमा
सबै प्रकृतिले उपहार स्वरुप दिएको,
आफ्नै देशमा रोजगारी दिई विकास गर्नुको सट्टा,
टिकट, श्रम, पासपोर्ट र जवानी बेच्न किन विदेश पठाएको ?
भिषा लगाई घुम्दा "नेत्र भोजन"गर्ने भनेको,
नयाँ-पुरानो भवन र चिल्लो सडकको,
नेपाली धर्ती विचित्र छ हजुर,
देश लाई एक पटक सम्झनुहोस त ! संसारमै अचम्मको,
हिमाल,पहाड र तराई जस्तो भू-भाग,
नेपाली संस्कृति र संस्कारमा नमुना छौं विश्वको,
वेद,पुराण,ऋषिमुनि,सीता,बुद्ध र सगरमाथा लगायत पवित्र देश नेपालको,
देश लाई निकास दिन अहिले आवश्यकता छ,
अहंकार त्यागी,एकता,सहकार्य र नैतिकताको,
ठूलो आस छैन हामीलाई,
देश सम्पन्न भएको देखि,अन्तिम श्वास फेर्न पाइयोस् ,
पासपोर्ट छ नेपालको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण