बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोलम्बियाका समकक्षीसँग आगामी बैठकको घोषणा

बिहीबार, २४ पुस २०८२, १२ : ११
बिहीबार, २४ पुस २०८२

अमेरिका ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद मुद्दाहरूमा छलफल गर्न दुई पक्ष बिचमा फोन वार्ता भए पछि ह्वाइट हाउसमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोसँग भेटको व्यवस्था गरिएको घोषणा गरेका छन् ।

ट्रपले सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै पेट्रोले आफुलाई दुई पक्षबिचको मतभेदको व्याख्या गर्न बोलाएको जनाउँदै निकट भविष्यमा उनलाई भेट्न आफु उत्सुक रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले राज्य सचिव मार्को रुबियो र कोलम्बियाका विदेश मन्त्री बीच छलफलको लागि आवश्यक व्यवस्था भइरहेको उल्लेख गर्दै बैठक ह्वाइट हाउसमा हुने पुष्टि गरेका छन् । 

यसैबिच, कोलम्बियाका मिडियाहरुले राष्ट्रपति पेट्रोलाई उद्धृत गर्दै उनले पहिलो पटक अमेरिकी राष्ट्रपतिसँग फोनमा कुरा गरेको र बोगोटा र वासिङ्टनबिच प्रत्यक्ष सञ्चार च्यानलहरू पुनः खोल्न आग्रह गरेको जनाएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप