पुँजी बजार र विद्युत् उत्पादन क्षेत्रको सुदृढीकरणका विषयमा छलफल
सारांश
- नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबीचको बैठकले पुँजी बजार र विद्युत् उत्पादनको विषयमा छलफल गर्यो।
- बैठकमा लगानी प्रवर्द्धन, नियामक समन्वय र नीतिगत सामञ्जस्यता कायम गर्ने विषयमा छलफल भयो।
- दुवै निकायले बजारमा विश्वास अभिवृद्धि, लगानी विस्तार र समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाए।
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबिच नेपालको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा पुँजी बजार तथा विद्युत् उत्पादन क्षेत्रको सुदृढीकरणका विषयमा छलफल भएको हो ।
बोर्डको कार्यालय खुमलटारमा सम्पन्न बैठकले पुँजी बजारमार्फत विद्युत् उत्पादन सम्बन्धी परियोजनामा लगानी प्रवर्द्धन, नियामक समन्वय तथा नीतिगत सामञ्जस्यता कायम गर्ने विषयमा छलफल भएको हो ।
बैठकमा दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीकर्तामैत्री संयन्त्रको आवश्यकता रहने कुरामा दुवै निकायका प्रतिनिधिहरूले एकमत जाहेर गरेका छन् ।
बैठकमा बोर्ड र आयोगका प्रतिनिधिहरूले बजारमा विश्वास अभिवृद्धि गर्ने, लगानीका अवसर विस्तार गर्ने तथा नेपालको पुँजी बजार र विद्युत् उत्पादन सम्बद्ध क्षेत्रको समग्र विकास एवम् स्थायित्वमा योगदान पुर्याउने उद्देश्यले दुवै निकाय बिच निरन्तर सहकार्य, सूचना आदानप्रदान र संयुक्त पहललाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पुँजी बजार र विद्युत् क्षेत्रबिचको सम्बन्धलाई थप संस्थागत र प्रभावकारी बनाउन दुवै निकायका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल गठन गर्ने सम्बन्धमा समेत बैठकमा छलफल भएको छ । उक्त कार्यदलको उद्देश्य लगानीसम्बन्धी नीतिगत विषय, नियामकीय समन्वय तथा विद्यमान नियम कानुनमा थप परिमार्जन गर्ने सम्बन्धमा सहकार्य गरी ठोस उपायहरू पहिचान गर्ने रहने जनाइएको छ ।
बैठकमा बोर्डका तर्फबाट अध्यक्ष सन्तोषनारायण श्रेष्ठ, कार्यकारी निर्देशकहरू विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ र रुपेश केसी तथा आयोगका तर्फबाट अध्यक्ष डा. रामप्रसाद धिताल, सदस्यहरू डा. मधुसूदन अधिकारी र भगिरथि भट्टराई ज्ञवाली लगायत अन्य पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण