शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन

आइतबार, २७ पुस २०८२, १४ : ५३
आइतबार, २७ पुस २०८२

सारांश

  • काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुँदैछ, जसका लागि स्वयंसेवक परिचालन गरिएको छ।
  • महाधिवेशन स्थल र वरपरको क्षेत्र व्यवस्थापनका लागि स्वयंसेवकहरू खटाइएको छ, स्वास्थ्य सेवा डेस्क पनि स्थापना गरिएको छ।
  • सुरक्षाका लागि स्वयंसेवकहरू तयारी अवस्थामा रहनेछन् र सहभागीहरूलाई आवश्यक सहयोग गर्नेछन्।

काठमाडौँ। नेपाली कांग्रेसको आजबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु हुन लागेको विशेष महाधिवेशनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न करिब ६ सय स्वयंसेवक परिचालन गरिएको छ । 

नेपाल तरुण दलका केन्द्रीय सदस्य मनोज कटुवालले महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा व्यवस्थापनका लागि स्वयंसेवकहरू खटाइएको जानकारी दिए ।  महाधिवेशन स्थलमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य डेस्कसमेत स्थापना गरिएको छ।

सुरक्षाको दृष्टिले समेत स्वयंसेवकहरू तयारी अवस्थामा रहने र कुनै पनि असहज परिस्थितिमा सहभागीलाई आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए। 

कांग्रेसले आज दिउँसो १ बजे विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप