इरानमा सरकार विरोधी प्रदर्शन : १ सय ९ सुरक्षाकर्मीको मृत्यु
काठमाडौँ । इरानमा सरकार विरोधी प्रदर्शन चुलिँदा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ ।
इरानको सरकारी सञ्चार माध्यमका अनुसार सुरक्षा बलका दर्जनौँको मृत्यु भएको छ । महँगी र आर्थिक सङ्कटको विरोधमा देशभर चलिरहेको हिंस्रक विरोध प्रदर्शनमा १ सय ९ जना सुरक्षाकर्मी मारिएको अर्धसरकारी समाचार संस्था तास्निमले समाचारमा लेखेको छ ।
इस्फहान प्रान्तमा मात्रै ३० जना प्रहरी र सुरक्षाकर्मी मारिएको सरकारी टिभीले आइतबार बताएको थियो ।
पश्चिम इरानको केर्मान्शाहमा पनि अन्य ६ जनाको मृत्यु भएको बताइएको छ । प्रदर्शनकारीमाथि दमन नरोकिए आक्रमण गर्ने चेतावनी अमेरिकाले दिइरहँदा यो खबर आएको हो ।
गोलेस्तान प्रान्तको राजधानी गोर्गनमा रहेको आफ्नो एउटा राहत वितरण भवनमा आक्रमण हुँदा एक जना कर्मचारीको मृत्यु भएको इरानी रेड क्रेसेन्ट समाजले भनेको छ ।
शनिबार राति पूर्वी इरानको मशादमा एउटा मस्जिदमा आगजनी गरिएको बताइएको छ । इरानी अधिकारीहरूले प्रदर्शनलाई दबाउने प्रयास बढाइरहँदा मृत्यु हुनेको सङ्ख्या बाहिर आइरहेको छ ।
सरकारले मृतकहरूको तथ्याङ्क सार्वजनिक गरेको छैन । यद्यपि, लगभग दुई हप्तादेखि चलिरहेको देशव्यापी विरोध प्रदर्शनमा हिंसा र दमनमा कम्तीमा २ सय ३ जना प्रदर्शनकारीको मृत्यु भएको मानव अधिकारीवादी सङ्घ संस्थाले बताएका छन् ।
अरू २ हजार ६ सय जना प्रहरी हिरासतमा भएको बताइएको छ । इन्टरनेट र फोन सेवाहरू बन्द हुँदा परिस्थितिको स्वतन्त्र रूपमा प्रमाणीकरण गर्न गाह्रो भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण