शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

‘आगामी चुनावमा कांग्रेसले अन्य पार्टीसँग गठबन्धन गर्नु हुँदैन’

आइतबार, २७ पुस २०८२, २१ : ३१
आइतबार, २७ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाश स्नेही रसाइलीले कांग्रेसलाई नातावादबाट टाढा राख्न सकेको खण्डमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बहुमत आउने बताएका छन् ।

आइतबार भृकुटीमण्डपमा भइरहेको विशेष अधिवेशनलाई सम्बोधन गर्दै नेता रसाइलीले आगामी निर्वाचनका कांग्रेसले कुनै पनि पार्टीसँग गठबन्धन गर्न नहुने उनको भनाइ थियो ।

यस्तै नेता बजरङ्ग नेपालीले आत्म समीक्षा, आत्मसम्मान र पुनर्जागरणका लागि विशेष महाधिवेशनमा उपस्थित भएको बताए । उनले भने, “कांग्रेस इतिहासले प्रमाणित गरेको पार्टी हो, राणाशासनसँग लडेको पार्टी हो, लोकतन्त्र स्थापना र राजतन्त्रको अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक व्यवस्था स्थापना गरेको पार्टी हो ।” उहाँले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्मरबहादुर पुनले जेनजीको आकाङ्क्षा र पार्टी विधिसम्मत चलाउन पनि विशेष महाधिवेशन गर्नु परेको बताए।

नेता ओमकार श्रेष्ठले भने,“कांग्रेस ब्यूँझिएको छ, आगामी चुनावमा हामीले बहुमत ल्याउने गरी अगाडि बढौँ, कसैलाई निषेध होइन, सबैलाई समावेश गरेर अगाडि बढ्नुपर्छ ।”

अर्का नेता सुरेन्द्र चौधरीले कांग्रेसलाई नयाँ युग चेतनाका साथमा आधुनिकीकरण गर्दै देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप