कांग्रेस नेतालाई सूर्य थापाको कटाक्ष : एमाले अपसंस्कारी जिउँदो छोराको पार्टी जस्तो किमार्थ होइन
सारांश
- एमाले नेता सूर्य थापाले कांग्रेसको विशेष महाधिवेशनको मागप्रति कटाक्ष गरे।
- थापाले एमालेको संस्कार र नेतृत्वप्रतिको सम्मानबारे आफ्नो धारणा राखे।
- उनले कांग्रेसको आन्तरिक बहस र देउवालाई किनारा लगाउने प्रयासप्रति टिप्पणी गरे।
काठमाडौँ । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई बाहिर राखेर विशेष महाधिवेशन आयोजना गरी एमालेलाई गाली गरेकोप्रति कटाक्ष गरेका छन् । कांग्रेस नेताहरूको उक्त गतिविधिलाई सङ्केत गर्दै थापाले एमालेको चरित्र त्यस प्रकारको नभएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता थापाले ‘नेकपा (एमाले) वृद्ध बुबालाई अपमानपूर्वक वृद्धाश्रममा धपाएर घर–सम्पत्ति कब्जा गरी ढलीमली गर्न चाहने अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन’ भनेर टिप्पणी गरेका छन् । उनले यस्तो राजनीतिक संस्कारप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याउँदै ‘चेतना भया ! ’ भन्ने शब्द प्रयोग गरेका छन् ।
थापाको यो प्रतिक्रिया नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढ्दै जाँदा सभापति देउवालाई किनारामा राखेर अघि बढ्ने प्रयास भएको आरोपसँग जोडिएको छ । उनको अभिव्यक्तिलाई एमालेको आन्तरिक एकता, नेतृत्वप्रतिको सम्मान र राजनीतिक संस्कारको पक्षमा गरिएको स्पष्ट सन्देशका रूपमा लिइएको छ ।
हाल कांग्रेसमा विशेष महाधिवेशनको विषयले आन्तरिक बहस चर्किँदै गएको सन्दर्भमा थापाको धारणा सार्वजनिक भएको हो । उनले लेखेका छन्, ‘नेकपा (एमाले)–वृद्ध बालाई अपमानपूर्वक वृद्धाश्रम धपाएर घर–सम्पत्ति कब्जा गरी ढलीमली गर्न चाहने अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन । चेतना भया ! ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण