इसरोको मिसन प्रक्षेपणमा प्राविधिक त्रुटि, अनुसन्धान सुरु
सोमबार, २८ पुस २०८२, १४ : ०६
सारांश
- इसरोले प्रक्षेपण गरेको पीएसएलवी-सी६२ ईओएस-एन-१ मिसनमा गडबडी देखा परेको छ।
- मिसनको तेस्रो चरणमा समस्या आएको र उडान मार्गमा परिवर्तन भएको बताइएको छ।
- इसरोले गडबडीको कारण र डेटा विश्लेषणको लागि अनुसन्धान सुरु गरेको छ।
नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अन्वेषण संस्था (इसरो) ले आज लन्च गरेको पीएसएलवी–सी ६२ ईओएस–एन–१ मिसनको अन्त्यमा गडबडी भएको छ । इन्स्टाग्राममा पोस्ट गर्दै इसरोले यसबारे अनुसन्धान सुरु गरेको बताएको छ ।
पीएसएलवी भेइकल चार चरणमा प्रक्षेपण हुन्छ । तेस्रो चरणको अन्त्यमा केही गडबडी देखिएको र उडान मार्गमा परिवर्तन आएको इसरोका अध्यक्ष डा. वी.नारायणनले पत्रकार सम्मेलनमा भनेका छन् ।
उनले गडबडीका कारण मिसन अपेक्षाकृत अगाडि नबढ्न नसकेको र सबै ग्राउन्ड स्टेसनहरूबाट प्राप्त डेटाको विश्लेषण गरिरहेको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण