राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान
बुटवल । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।
सोमबार निर्वाचन अधिकृतको कार्यालयले ८ जना उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको हो ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेकाहरूलाई पार्टीको चुनाव चिह्न प्रदान गरिएको हो ।
अपाङ्गता समूहबाट मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका वासुदेव घिमिरेलाई रुख, नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका सर्जन विकलाई पाँच कुने तारा निर्वाचन चिन्हको रूपमा प्रदान गरिएको छ ।
यस्तै अन्य समूहबाट मनोनयन दर्ता गराउने नेपाली काँग्रेसका चन्द्रबहादुर केसीलाई रुख, नेपाली कम्युनिस्ट पार्टीबाट मनोनयन दर्ता गराउने बृहस्पति अधिकारीलाई पाँच कुने तारा, राष्ट्रिय जनमोर्चाबाट मनोनयन दर्ता गराउने बमबहादुर खत्रीलाई निर्वाचन चिन्ह गिलास प्रदान गरिएको छ ।
महिला समूहबाट उम्मेदवारी दिने नेकपा एमालेकी रामकुमारी झाँक्रीलाई सूर्य, नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिने दुर्गाकुमारी भण्डारीलाई पाँच कुने तारा र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिने पद्या पण्डितलाई गिलास निर्वाचन चिन्ह प्रदान गरिएको हो ।
आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण