बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

इरानी प्रदर्शनकारीलाई ‘देशभक्त’ भन्दै ट्रम्पले दिए यस्ता सुझाव

मङ्गलबार, २९ पुस २०८२, २१ : १५
मङ्गलबार, २९ पुस २०८२

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रदर्शनकारीलाई ‘देशभक्त’ संज्ञा दिँदै प्रदर्शन जारी राख्न सुझाव दिएका छन् ।

मंगलबार उनले इरानका संस्थाहरू ‘कब्जा गर्न’ प्रदर्शनकारीलाई सुझाव दिँदै ‘हत्याराहरूको नाम टिपेर राख्न’ समेत भनेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ’मा इरानी प्रदर्शनकारीको उत्साह बढाउँदै यस्ता सन्देश दिएका हुन् । उनले इरानी अधिकारीहरूसँग आफूले सबै प्रकारका वार्ता रद्द गरेको पनि जनाएका छन् ।

मंगलबार इरानमा ठुलो संख्यामा प्रदर्शनकारी हताहत भएको समाचार प्रकाशमा आएलगत्त   ै ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रदर्शनकारीको हौसला बढाएका हुन् । उनले इरानी प्रदर्शनकारीका लागि निकट भविष्यमै सहयोग उपलब्ध हुने प्रतिबद्धतासमेत जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप