दुर्घटना
भीमफेदीको जुरिखेतमा कार दुर्घटना, ३ जना घाइते
शुक्रबार, ०२ माघ २०८२, २० : १३
हेटौंडा । मकवानपुरको जुरिखेतमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ३८९० नम्बरको कार भीमफेदी गाउँपालिका-६ जुरिखेतस्थित भीमफेदी–कुलेखानी– काठमाडौं सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेहरूलाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्त मार श्रेष्ठको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको थियो । उनीहरूको भीमफेदी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ४ किलोमिटर पूर्व–उत्तरमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण