प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सिग्देल
शुक्रबार, ०२ माघ २०८२, २० : २८
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डको रिक्त सदस्य सचिव पदमा उपसचिव दुर्गाप्रसाद सिग्देललाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ। शुक्रबार विराटनगरमा बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि सिग्देललाई सदस्य सचिवको रूपमा काम गर्ने गरी तोकेको हो।
गत असोज २४ गतेदेखि बोर्डको सदस्य सचिव पद रिक्त रहेको थियो। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार खेलकुद क्षेत्रका प्रशासनिक र विकास निर्माणका कामलाई गति दिन सिग्देललाई यो जिम्मेवारी दिइएको हो।
यसैगरी, मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा आसमान तामाङलाई पदस्थापन गर्ने निर्णय समेत गरेको छ। तामाङलाई मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्ने गरी पदस्थापन गरिएको मन्त्री पराजुलीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण