सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे राशिफल

आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

शनिबार, ०३ माघ २०८२, ०५ : ००
शनिबार, ०३ माघ २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल माघ ३ गते शनिबारको बार बेला र राहुकालको जानकारी दिइएको छ।
  • मेषदेखि मीन राशिसम्मको राशिफलमा विभिन्न क्षेत्रमा हुने फाइदा र नोक्सानीको विवरण प्रस्तुत गरिएको छ।
  • शुभ कार्य र यात्राका लागि लाभबेला र अमृत बेलाको समयलाई ध्यान दिन सुझाव दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल माघ ३ गते । शनिबार । इस्वी सन् २०२६ जनवरी १७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–चतुर्दशी, ४३ घडी १२ पला, रातको १२ बजेर १४ मिनेट उप्रान्त औशी । नक्षत्र–मूल, ४ घडी ४३ पला, बिहान ८ बजेर ५१ मिनेट उप्रान्त पूर्वाषाढा । योग– व्याघात, ३८ घडी २५ पला, बेलुकी १० बजेर २० मिनेट उप्रान्त हर्षण । करण–भद्रा, बिहान ११ बजेर २६ मिनेट उप्रान्त शकुनि, रातको १२ बजेर १४ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–गद योग । चन्द्रराशि–धनु ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३० मिनेट । दिनमान २६ घडी २३ पला ।

आजको बार बेला ।

  • बिहान ६ बजेर ५८ मिनेटसम्म काल बेला ।
  • बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर १७ मिनेटसम्म शुभ बेला ।
  • बिहान ८ बजेर १८ मिनेटदेखि बिहान ९ बजेर ३६ मिनेटसम्म रोग बेला ।
  • बिहान ९ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर ५५ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान १० बजेर ५६ मिनेटदेखि बिहान १२ बजेर १४ मिनेटसम्म चर बेला ।
  • दिउँसो १२ बजेर १५ मिनेटदेखि दिउँसो १ बजेर ३३ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो १ बजेर ३४ मिनेटदेखि दिउँसो २ बजेर ५२ मिनेटसम्म अमृत बेला ।
  • दिउँसो २ बजेर ५३ मिनेटदेखि बेलुकी ४ बजेर १२ मिनेटसम्म काल बेला ।
  • बेलुकी ४ बजेर १३ मिनेटदेखि बेलुकी ७ बजेर १२ मिनेटसम्म लाभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ९ बजेर ३५ मिनेटदेखि बिहान १० बजेर ५५ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।  धनधान्य तथा सुखमा वृद्धि हुनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गर्नुपूर्व आवश्यक तयारी राम्रोसँग गर्नुहोला । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन मध्यम रहेको छ । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ ।  तर पनि अध्ययन तथा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ । धर्ममा आस्था तथा विश्वास राख्नेहरूका लागी समयले साथ दिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारमा लगानी गरी धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायमा गरिएको लगानी फस्टाएर जानेछ । व्यापारकै सिलसिलामा छोटो दुरीको यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सत्रु घरमा गोचर गर्ने शुभ चन्द्रमाले ऋण, रोग तथा शत्रुलाई रिमोभ गर्दै अगाडी बढ्न सकिनेछ । साथीभाइ तथा इष्टमित्रबाट सहयोग पाइने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । राजनीतिक यात्रा, बैठक तथा गोष्ठीमा समय व्यातित हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा बाह्य यात्राको तय हुनेछ । घर परिवारका साथ रमाइलो गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा बिलासी सामान प्राप्तिको गतिलो योग रहेको छ । वंश वृद्धिको योग रहको छ भने सन्तानको प्रगति देखेर मन रमाउनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय मध्यम रहेकोले व्यापारमा लगानी गर्नको लागी केहि दिन कुर्नु नै राम्रो रहनेछ । आमा तथा आफन्तसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । माया प्रेममा नजिक हुँदा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्ने योग रहेको छ । राजनीतिज्ञको लागी समय मध्यम रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट आम्दानी गर्न सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रतिस्पर्धामा सहभागी हुनु परे पनि प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । लेखन, कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । दाजुभाइ तथा आफन्तको सहयोगले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीतिक यात्रा, बैठकमा समय व्यातित हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईँले सुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । माया प्रेममा शङ्का उपशङ्काहरू हट्दै जानेछ । निर्माण सामाग्री तथा खानेकुराको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सूचना प्रविधिको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ ।  व्यापारमा गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय मध्यम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ ।  काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । लामो दुरीको यात्रा हुनेछ । विदेशमा बसेर काम तथा अध्ययन गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारमा गरिने लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ  । मायाको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । राजनीतिज्ञ तथा समाजसेवीहरूका लागी समय उत्तम रहेको छ भने राजनीतिक भेटघाट तथा बैठकमा समय व्यातित हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । व्यापार तथा उत्पादनमुखी व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप