मधेस प्रदेशको नामकरण दिवसमा शुभकामना दिँदै सभामुख यादवले के भने ?
सारांश
- सभामुख राम अशिष यादवले मधेस प्रदेशको नामकरण र जनकपुरधामलाई राजधानी तोकिएकोमा बधाई दिए।
- उनले शहिदहरूको बलिदान र संघर्षबाट मधेस प्रदेशको पहिचान स्थापित भएको बताए।
- यादवले सुशासन, शान्ति, र समृद्धिको मार्गमा अघि बढ्दै शहिदको सपना साकार पार्ने विश्वास व्यक्त गरे।
जनकपुरधाम । मधेस प्रदेश सभाका सभामुख राम अशिष यादवले मधेस प्रदेशको ऐतिहासिक नामकरण तथा जनकपुरधामलाई स्थायी राजधानी कायम गरिएको दिवसको अवसरमा शनिबार सम्पूर्ण प्रदेशवासीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा सभामुख यादवले नागरिक हक, अधिकार, पहिचान, र सामाजिक न्यायका लागि भएका विभिन्न जनआन्दोलन, मधेस जनविद्रोह, र जनयुद्धमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात शहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
उनले शहिदहरूको बलिदान, संघर्ष, र त्यागकै फलस्वरूप मधेस प्रदेशको पहिचान संस्थागत भएको उल्लेख गर्दै उनीहरूले देखाएको बाटोमा हिँड्नु आजको साझा दायित्व भएको बताएका छन्। "सामाजिक न्याय, समानता, स्वाभिमान र समावेशितामा आधारित लोकतान्त्रिक समाज निर्माण आज हाम्रो साझा दायित्व बनेको छ," सन्देशमा भनिएको छ।
सभामुख यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुरूप मधेस प्रदेशले सुशासन, शान्ति, र समृद्धिको मार्गमा अघि बढ्दै शहिदहरूको सपनालाई साकार पार्ने विश्वास व्यक्त गरेका छन्। यस दिवसले मधेसको पहिचान, स्वाभिमान, र समावेशी लोकतन्त्रको यात्रालाई स्मरण गराउने बताउँदै उनले प्रदेशले सामाजिक न्याय र समृद्ध सुशासनको दिशामा निरन्तर प्रगति गर्ने अपेक्षा राखेका छन् ।
मधेसको बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक विशेषतालाई आत्मसात गर्दै आपसी सद्भाव र एकतामार्फत प्रदेशको दिगो विकासका लागि सबै एकजुट हुन समेत उनले आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण