कांग्रेस विभाजनप्रति एमाले नेताहरुको प्रतिक्रिया : लोकतन्त्रका लागि सुखद् होइन
काठमाडाैँ । नेपाली कांग्रेसको हालको अवस्थालाई लिएर नेकपा एमालेका नेताहरूले चासो व्यक्त गरेका छन् । विशेष महाधिवेशनबाट गगन थापा पक्षले नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेस विभाजित भएको छ । निर्वाचन आयोगले थापा पक्षलाई आधिकारिकता दिएसँगै यसले आगामी निर्वाचनमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ ।
कांग्रेसको हालको स्थितिबारे एमाले उपमहासचिव योगेशकुमार भट्टराईले विभाजनसम्बन्धी विवादलाई कानूनी र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्न सकिने बताए । उनले अदालत जान सबै खुला रहेको र अदालतमा आफूलाई ठिक नलागेपछि उजुरी लिएर जान सकिने बताए ।
उनले भने, ‘अदालत जान त जसलाई पनि खुला छ नि । अदालत त्यसकै लागि त गठन गरिएको हो । कोही आए भने उजुरी लिएर कानूसम्मत छ कि छैन, संविधानसम्मत छ कि छैन भनेर जाने न हो ।’
यता, एमाले उपाध्यक्ष रघुजी पन्तले कांग्रेसको यो फुटलाई देश, जनता र लोकतन्त्रका लागि नकारात्मक भएको बताएका छन् । देश जनता र लोकतन्त्रको लागि अहिलेको अवस्थामा काँग्रेस फुट्नु सुखद् कुरा नभएको उनको भनाइ छ । उनले भने, ‘देश जनता र लोकतन्त्रको लागि अहिलेको अवस्थामा कांग्रेस फुट्नु सुखद् कुरा होइन ।’
निर्वाचन आयोगले शुक्रवार गगन थापा पक्षलाई पार्टीको आधिकारिकता प्रमाणित गरेको छ । तर संस्थापन पक्षले भने निर्वाचन आयोगले एकलौटी रुपमा निर्णय गरेको र आफूहरु सर्वोच्च अदालतमा उजुरी लिएर जाने बताएको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण