फिफा विश्वकप २०२६
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
मङ्गलबार, ०९ असार २०८३, १० : ५५
सारांश
- जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजले आफ्नो विश्वकप कीर्तिमान तोडेपछि लियोनेल मेस्सीको प्रशंसा गरेका छन्।
- क्लोजले मेस्सीलाई सर्वकालीन उत्कृष्ट खेलाडीको संज्ञा दिँदै बधाई ज्ञापन गरेका छन्।
- मेस्सीले विश्वकपमा १८ गोलको कीर्तिमान बनाएपछि क्लोजको यो प्रतिक्रियाले सामाजिक सञ्जालमा चर्चा पाएको छ।
अमेरिका । जर्मनीका पूर्व स्ट्राइकर तथा विश्वकप इतिहासका पूर्व सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजले आफ्नो कीर्तिमान तोडेपछि अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीको खुलेर प्रशंसा गरेका छन्।
क्लोजले मेस्सीलाई बधाई दिँदै भने, “मैले सधैं भनेको छु, मेस्सी खराब खेलाडी होइनन्। मेरा लागि मेस्सी सर्वकालीन उत्कृष्ट खेलाडी हुन्। च्याम्पियन, बधाई छ।”
मेस्सीले फिफा विश्वकपमा १८ गोल गर्दै अर्को ऐतिहासिक उपलब्धि हासिल गरेपछि क्लोजको यो प्रतिक्रिया सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ। क्लोजले मेस्सीको प्रतिभा, निरन्तरता र फुटबलमा दिएको योगदानको प्रशंसा गर्दै उनलाई सर्वकालीन महान खेलाडीको रूपमा चित्रित गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण