अघिल्लो चुनाव जितेका माओवादीका दुवै नेताले गण्डकी छोडे
सारांश
- तत्कालीन माओवादी नेताहरूले गण्डकी प्रदेशका पुराना निर्वाचन क्षेत्र छाडेका छन्।
- प्रचण्डले गोरखा २ बाट चुनाव लड्ने प्रतिबद्धता पूरा नगरेको आरोप छ, उनले पूर्वी रुकुम रोजे।
- नारायणकाजी श्रेष्ठले सर्लाही ३ रोजेका छन् भने देवेन्द्र पौडेलले नवलपरासी २ रोजेका छन्।
पोखरा । तत्कालीन नेकपा माओवादी (हाल नेपाली कम्युनिस्ट पार्टी)का नेताहरू गण्डकीका साबिक क्षेत्रहरू छोडेर अन्यत्रै लागेका छन् । गोरखा २ बाट निर्वाचित पूर्व माओवादी अध्यक्ष तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पूर्वी रुकुम रोजेका छन् ।
हरेकजसो निर्वाचन फरक क्षेत्रबाट लड्दै आएका उनले गोरखामा गरेका प्रतिबद्धता पूरा नगरेको आरोप छ । खासगरी गोरखकाली रबर उद्योग सञ्चालनदेखि पालुङ्गटार एयरपोर्टलाई सुचारु गर्ने योजना उनको घोषणापत्रमा थियो ।
उनले बुढिगण्डकी आयोजना अघि बढाउने तथा धार्चे र चुमनुब्री गाउँपालिकालाई विशेष स्वायत्त क्षेत्र बनाउन पहल गर्ने घोषणा गरेका थिए । कुनैपनि योजना पूरा भएन । माओवादीले त्यो क्षेत्रमा लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
गोरखा २ स्थायी घर भएका नारायणकाजी श्रेष्ठले पनि जन्मथलो रोजेनन् । उनले सर्लाही ३ को टिकट लिएर प्रचारका लागि हिँडिसकेका छन् । फागुन २० देखि राष्ट्रिय सभा सदस्यबाट बिदा हुन लागेका उनी बेलैमा राजीनामा दिएर चुनावमा होमिएका हुन् ।
नेकपाका नेता देवेन्द्र पौडेल पनि आफ्नो क्षेत्र छोडेर हिँडेका छन् । उनले नवलपरासी २ रोजेका छन् । सोही क्षेत्रबाट चुनाव लड्ने गरी उनले टिकट लिएर तयारी थालिसकेको नेताहरू बताउँछन् ।
२०७९ को चुनावमा काँग्रेस र एकीकृत समाजवादी तथा जनमोर्चा समेत मिलेर माओवादीले २ वटा निर्वाचन क्षेत्र जितेको थियो । गोरखा १ बाट प्रचण्ड र बागलुङ २ बाट पौडेल विजयी भएका हुन् । दुवैजनाले पुरानो क्षेत्र छोडेका छन् । अरु क्षेत्र टुङ्गिन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन, आजका सबै सुनुवाइ स्थगित
-
सुरक्षा चुनौतीबिच पनि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन जारी
-
युक्रेनी आक्रमणका कारण इन्धन अभाव भएको पुटिनको स्वीकारोक्ति
-
नगर प्रहरीलाई कानुनले नदिएको अधिकार अदालतले दियो कि ?
-
आफ्नो कमजोरीको दोष शासकीय स्वरूपलाई नथोपरौँ, व्यवस्थामाथि धावा बोल्नु गलत : आङ्देम्बे
-
पश्चिम एसिया युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण