बालेनले दिएको राजीनामा पत्रमा के छ ?
सारांश
- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफ्नो पदबाट राजीनामा दिएका छन्।
- उनले उप-प्रमुख सुनिता डंगोललाई राजीनामा पत्र बुझाएका थिए, जसमा स्वेच्छाले राजीनामा दिएको उल्लेख छ।
- मेयर बालेनले आफ्नो कार्यकालको समीक्षा गर्दै आगामी नेतृत्वलाई शुभकामना दिएका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्। उनले आज महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रमा शाहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
मेयर बालेनले बुझाएको राजीनामा पत्रमा आफ्नो कार्यकालको छोटो समीक्षा गर्दै आगामी नेतृत्वका लागि शुभकामना व्यक्त गरिएको छ। पत्रमा भनिएको छ,'यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास–यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।'
शाहले राजीनामा पत्रमा आजैदेखि लागू हुने गरी राजीनामा पेस गरेको स्पष्ट पारेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
-
विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण