बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्राइड क्यासिनो लुटपाट प्रकरणमा थप सात जना पक्राउ

आइतबार, ०४ माघ २०८२, १७ : १५
आइतबार, ०४ माघ २०८२

सारांश

  • काठमाडौँको बौद्धस्थित क्यासिनो प्राइडमा लुटपाटमा संलग्न आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ।
  • यसअघि पक्राउ परेका ३ जनासहित, लुटपाटमा संलग्न भएको आरोपमा १० जना पक्राउ परिसकेका छन्।
  • पक्राउ परेका व्यक्तिहरूमाथि लुटपाट र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

काठमाडौँ । काठमाडौँको बौद्धमा सञ्चालित प्राइड इन्टरटेनमेन्ट प्रालि ‘क्यासिनो प्राइड’ लुटमा संलग्न आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।

जेनजी प्रदर्शन हुँदा गत भदौ २४ मा क्यासिनोबाट करिब १४ करोड लुटेको आरोपमा यसअघि ३ जना पक्राउ परेका थिए । यसअघि दावा शेर्पा ‘सेठ्ठी’, रञ्जित खड्गी ‘रने’ र दोर्जे शेर्पा पक्राउ परेका हुन् । लुटमा संलग्न आरोपमा थप ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा काठमाडौँ घर भएका मनहरी पौडेल, नुवाकोटका रञ्जन तामाङ र काठमाडौँ घर भएका करण डंगोल छन् । 

उनीहरू विरुद्ध प्रहरीले लुटपाट र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न ९० दिनको समय हुने कानुनी व्यवस्था छ ।

छुटाउनुभयाे कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप